कार्तिक ७ –धौलागिरि पदयात्रामा आएका पर्यटक मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाटै फर्किएका छन् । भारतमा आएको हुदहुद नामक आँधीको प्रभावले असोज अन्तिम साता हिमाली क्षेत्रमा भएको बेमौसमी हिमपात र हिमपहिराको कारण पदचिह्न पुरिएको र बाटो बिग्रिएकाले पर्यटक फर्कन थालेको जर्मनेलीलाई पदयात्रामा लिएर गएका पथप्रदर्शक डेन्डी शेर्पाले बताउनुभयो । शेर्पा एडभान्चर ट्राभलमार्फत धौलागिरिको पदयात्रामा गएको आठ जर्मनेलीसहित ४० जनाको टोली आधार शिविरको इटाली आधारशिविर फिर्ता भएर आएको पथप्रदर्शक शेर्पाले बताउनुभयो । धौलागिरि आधारशिविरबाट फिर्ता भएर आएको पथप्रदर्शक शेर्पा नेतृत्वको सो पर्यटकको समूह भने अन्नपूर्ण–धौलागिरि पदमार्ग हुँदै म्याग्दीका पर्यटकीयस्थलको भम्रणमा लागेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment