असोज २८ –उरुग्वेका स्ट्राइकर लुईस स्वारेजको उत्कृष्ट पुनरागमनको मद्दतमा उरुग्वेले ओमानलाई पराजित गरेको छ । गत विश्वकपमा ईटाली विरुद्धको खेलमा विपक्षी टोलीका चिलोनीलाई टोकेपश्चात ४ महिने प्रतिवन्धको समय सकाएर उरुग्वेबाट पहिलो पटक टिममा फर्किएका स्वारेजले ओमान विरुद्ध २ गोल गर्नुभयो । उरुग्वेका लागि रोड्रिग्वेजले अर्को गोल थप्नुभयो । यसैवर्ष लिभरपुलबाट बार्सिलोनामा आवद्ध हुनुभएका स्वारेजको पुनरागमनले उरुग्वेको टिममा नयाँ जोसको सञ्चार भएको टोली प्रशिक्षकले बताएका छन ।

Post a Comment

 
Top