असोज २८ –सरकारले प्रसारण लाईन नगर्दासानिमा जलविद्युत आयोजनाले दैनिक दुई करोड रुपैया नोक्सानी व्यहोर्नु परेको छ  । समयमै प्रसारणलाईन बनेको भए दशैंअघि उपभोक्ताले सानिमा माइको विद्युत बाल्न पाउने भएपनि नेपाल विद्युत प्राधिकरणले प्रसारण लाईन नबनाइदिदा आयोजनाले नोक्सान व्यहोेर्नु परेको सानिमा गु्रपका जीवा लामिछानेले बतउनुभयो सानिमा हाईड्रो तोकिएको समयमै विद्युत उत्पादन गर्नसक्ने हैसियतमा पुगेको निजी क्षेत्रको पहिलो आयोजना हो । व्यावसायिकरुपमा राष्ट्रिय प्रसारणलाईनमा जडान गरिएपछि मात्रै प्राधिकरणले आयोजनालाई रकम भुक्तानी गर्छ । २९ मेगावाट उत्पादन क्षमता भएको इलामको माई खोला यो आयोजना गत असार ३० गते विद्युत उत्पादन गर्न सक्ने अवस्थामा पुगेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुवर्णलाल श्रेष्ठले जानकारी दिनुभयो ।  साढे ३ वर्षअघि निर्मार्ण सुरु भएको आयोजनाको लागत ३ अर्ब १५ करोड रुपैया रहेको छ ।

Post a Comment

 
Top