असोज २८ –हुदहुद आँधीको प्रभावका कारण मनाङमा भएको हिमपातले स्थानयि क्षेत्रको जनजिवन प्रभावित भएको छ । असोज महिना मै तल्लो मनाङका ४ गाविस बाहेक अन्य ९ गाविसमा हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । माथिल्लो मनाङ मनाङको मनाङ, टंकी मनाङ, खाङसार, घ्यारु, भ्राका, पिसाङ र ङावल गाविस, नार र फू उपत्यका साथै सदरमुकाम चामेमा माथिल्लो भेगमा हिमपात भएको पर्यटन व्यवसायीहले बताएका छन । हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्गमा गएका पर्यटकहरु समेत समस्या परेका छन । चिसो बढेका कारण मनाङ सरमुकाम चामेमा समेत हिउँ पर्ने सम्भावना बढेको व्यवसायीहरुको भनाई छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment