कार्तिक ११ –अछामको उच्च लेकाली भेगमा पाइने कस्तुरी मृग हराउँदै जान थालेको छ । छबिस क्षेत्रको चाकाडाँडा र नदाई, भटाकाटिया गाविसको देउथलाडाँडा र डढिल्लाको जङ्गल तथा भिरमा पाइने कस्तुरी मृग हराउँदै जान थालेको हो । छिमेकी जिल्ला बाजुरा र कालिकोटका सिकारीले वन जङ्गलमा आगो लगाएर कस्तुरी मृगको सिकार गर्ने गरेकाले उनीहरुले आफ्नो वासस्थान छोडेको हुनसक्ने स्थानीय चेतमान रोकायाको भनाइ छ । बथानका, बथान कस्तुरी देखिने उक्त स्थानमा एक वर्षयता देखिन छोडेको स्थानीयवासी बताउछन् । कस्तुरी मृगको नाभीमा रहने सुगन्धित बिनाका कारण यस्को चोरी सिकारी हुँदै आएको छ ।

Post a Comment

 
Top