कार्तिक ११ –प्रधानमन्त्री सुशील कोइरालाले आफु सहित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल निर्धारित समयमा संविधान जारी गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । निर्धारित समयमा लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा विकासको गतिले तीव्रता पाउने उहाँको भनाई छ ।

आज बालुवाटारमा इटालीका परराष्ट्र मामिला राज्यमन्त्री बेनेडिट्टो डेला भेडोभाले संगको भेटमा उहाँले संविधान निर्माणलाई प्राथमिकतामा राख्दाराख्दै पनि नेपालले दिगो शान्ति, राजनीतिक स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक–सामाजिक र पूर्वाधार विकासका कार्यक्रमलाई सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो ।

भेटमा राज्यमन्त्री भेडोभाले नेपालले महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गरेको र यसलाई व्यवस्थित गरी लोकतान्त्रिक संविधान ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले नेपाल अहिले प्रजातन्त्रको पुनःस्थापना र विकासका लागि झन्डै ६० वर्षसम्म भएको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने ऐतिहासिक चरणमा रहेको उल्लेख गर्नुभयो ।

Post a Comment

 
Top