कर्तिक १० –युवालाई वन संरक्षणमा सहभागी गराउन कञ्चनपुरमा ‘हरित युवा नेपाल’ समूह गठन गरिएको छ । वन्यजन्तु चोरी सिकारी नियन्त्रणका साथै वन संरक्षणमा युवालाई सङ्गठित बनाउन कृष्णपुरका स्थानीय युवा अगुवा अर्जुन साउदको नेतृत्वमा ११ सदस्यीय हरित युवा नेपाल समूह गठन गरिएको हो । समूहको उपाध्यक्षमा वीरबहादुर चन्द, सचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा मथुरादेवी बुढा र सहसचिवमा महेन्द्र रोकाया चयन भएका छन् । यस्तै, सदस्यमा चन्द्रा चौधरी, राधिका विष्ट, प्रेमलाल राना, नवराज पाण्डेय, सुरेशराज अवस्थी, वीणा अवस्थी चयन गरिएका छन् । सामुदायिक वन समन्वय समिति र तराई भूपरिधि कार्यक्रमको अगुवाइमा समूह गठन गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment