कर्तिक १० –भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय पक्षमा सन्तुलन कायम गर्दै यातायात क्षेत्रमा जनताको पहँुच विस्तारमा ध्यान पु¥याउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । समावेशी र यातायात क्षेत्रको दिगो विकाससम्बन्धी दुई दिवसीय कार्यशालालाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले मुलुकको सडक यातायातको विश्वसनीयता र वातावरणीय ह्रासबारे अहिले चासो बढेको बताउनुभयो । मन्त्री निधिले पछिल्ला दशकमा सडक सञ्जाल विस्तारमा उल्लेखनीय प्रगति भएपनि सडक विस्तारसँगै बाढीपहिरो, वातावरण प्रदूषण, सडक दुर्घटनाजस्ता घटना बढ्दा  जनधनको क्षति भएको उल्लेख गर्नुभयो ।

Post a Comment

 
Top