कर्तिक १० –संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति  बाबुराम भट्टराईले अझै केही दिन दलहरुबीच अनौपचारिक छलफलको आवश्यकता रहेको बताउनुभएको छ । अहिले वातावरण केही खुकुलिएको भए पनि अन्तर्यका गाठाहरु नखुलेको उहाले बताउनुभयो । अझै १÷ २ दिन अनौपचारिक छलफलहरुमा जोड गर्ने प्रस्ताब आफुले राखेको उहाँको भनाई  छ । अझै पनि आशा मारिहाल्ने अवस्था नभएको तर धेरै दलका धेरै आकाँक्षा रहेकाले सहमति हुन सहज भने नहुने उहाँको भनाई थियो ।  १२ गतेसम्म अनौपचारिक विषयमा बढि जोड दिएर १३ र १४ गते तीन दलको औपचारिक बैठक बसि १५ गते भित्र सहमति गर्न आफु प्रयत्नसिल रहेको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top