कार्तिक १२ –समासामयिक राजनैतिक अवस्थाको बारेमा छलफल गर्न एकिकृत नेकपा माओवादीका शिर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पदाधिकारी र उपलब्ध स्थायी समिती सदस्यहरुको बैठक बिहान देखि प्रचण्ड निवास लाजिमपाटमा जारी छ । बैठकमा संविधानका विवादित विषयमा प्रमुख दलहरुबीच भइरहेको छलफलको अवस्था, पार्टिको तर्फबाट लिन सकिने लचकता र अडानका बारेमा छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेश संयोजक शिव खकुरेलले जानकारी दिनुभयो । संविधानका विवादित विषयमा सहमति खोज्न प्रमुख दल कांग्रेस र एमालेले गम्भिर नबनेको निश्कर्ष निकालेको एमाओवादीले आजको बैठकबाट अबको रणनीति तय गर्नेछ । मुख्य विवादित विषय राज्य पुनरसंरचनामा कांग्रेस ७ प्रदेश सम्म बनाउन तयार देखिए पनि पछिल्लो पटक नेकपा एमाले ४ प्रदेश बनाउनुपर्ने भन्दै अडान लिन थालेपछि एमाओवादी गम्भिर छलफलमा जुटेको हो । पहिचानका आधारमा १० प्रदेश सम्म बनाउनुपर्ने अडानमा रहेको एमाओवादीले विवादित गम्भिर विषयमा आफ्नो अडान र अबको रणनीति आजको बैठकबाट तय गर्ने जनाएको छ ।

Post a Comment

 
Top