असोज २३ –एकीकृत नेकपा माओवादीले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी व्यवस्थापिका संसद् बैठकमा बोल्दै एकीकृत माओवादीका सभासद् शक्तिबहादुर बस्नेतले सत्य निरुपण आयोग बनाएर शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सरकारसँग माग गर्नुभयो । उहाँले सत्य निरुपण आयोग बनाउने विधेयक संसद्बाट पारित भएपनि अहिलेसम्म आयोग बन्न नसकेकोप्रति आपत्ति जनाउनुभयो ।

त्यस्तै, सभासद् बस्नेतले डोटीलगायत क्षेत्रमा दिनानुदिन भइरहेको सवारी दुर्घटना न्यूनिकरण गराउन कार्यदल गठन गर्न सरकारसँग माग गर्नुभयो । संसद् बैठकमा सभासद् अनन्त पौडेलले सरकारले देशभर नगरपालिका थपेपनि अनुदान घटाएको भन्दै असन्तुष्टि पोख्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले दुई चार गाविस गाभेर नगरपालिका बनाएपनि अनुदान घटाएर जनता झुक्यायो र जनप्रतिनिधिलाई फटाहा बनायो ।’

सत्तारुढ कांग्रेसका सभापति अर्जुननरसिंह केसीले भने १७ औं दिनसम्म अनसनकारी मृतक नन्दप्रसाद अधिकारीको शव उठाउन नसकेको भन्दै  सरकारको आलोचना गर्नुैभयो । उहाँले लामो समयदेखि अनसनमै रहेकी गंगामायाबारे सरकारले चासो नदिएकोमा असन्तुष्टि जनाउनुभयो । जारी बैठकमा सभासदहरुले आ–आफना धारणा राखिरहेका छन् । आज पनि बिनियोजन विधेयकमाथिको छलफलले निरन्तरता पाउनेछ ।

बैठकमा शुरुमै बिशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उच्चस्तरिय राजनितिक समितिको औचित्यमाथी प्रश्न गर्दै समिति गठन गर्नुबारे चित्तबुझ्दो जवाफ दिन सरकारसँग माग गरेको छ । सरकारका तर्फबाट चित्त बुझ्दो जवाफ नआए संसद अबरुद्ध पार्ने चेतावनि पनि उसले दिएको छ । राप्रपा अध्यक्ष कमल थापाले संविधानसभा बाहिर समिति गठन गरेर संविधासभा र संसद्लाई ‘बाईपास’ गर्न खोजिएको टिप्पणी गर्नुभयो । यस्तै समितिमा चौथो शक्ति बनेको राप्रपा नेपाललाई सहभागीता नगराएर निषेधको राजनीति गरेको भन्दै अध्यक्ष थापाले असन्तुष्टि जनाउनुभयो ।

कतिपय विषयमा आधारभूत मतभिन्नता रहँदारहँदै पनि राप्रपा नेपालले संविधान निमार्णमा सघाएको उल्लेख गर्दै अध्यक्ष थापाले यस्तै निषेधको राजनिति चल्दै जाने हो भने आन्दोलनमा उत्रने चेतावनि पनि दिनुभयो ।

Post a Comment

 
Top