असोज २३ –नेकपा एमालेका अध्यक्ष केपी ओलीले माघ ८ गते संविधान निमार्ण गराउने दिशामा अग्रसर बनि सोही अनुसार अगाडी बढ्न सभासदहरुलाई आग्रह गर्नुभएको छ  । आज बसेको संसदिय दलको बैठकमा अध्यक्ष ओलीले सकेसम्म सहमतिमा र नभए प्रक्रिया मार्फत विवाद टुङ्ग्याउने बाटोमा प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभयो । यस्तै उहाँले पहिचानको नाममा द्धन्द्ध बढ्ने खालको संघियता निमार्ण गर्न नसकिने तर सबैलाई चित्त बुझ्ने समाबेशि संघियता बनाउनुपर्नेमा जोठ दिनुभएको थियो । बैठकमा बिवादित बिषयमा पनि छलफल भएको थियो तर आधिकारिक धारणा भने सार्वजनिक भएन । एमालेमा पार्टीको चुनावी घोषण पत्र र महाधिवेशनको निर्णय विपरित शीर्ष नेतृत्वले राज्यको शासकीय स्वरुपमा अडान फेरेपछि एमालेमा असन्तुष्टि बढेको छ ।

Post a Comment

 
Top