असोज २३ –एकीकृत नेकपा माओवादी संसदीय दलको उपनेतामा टोपबहादुर रायमाझी चयन हुनुभएको छ । आज बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले रायमाझीलाई उपनेता तोक्ने निर्णय गरेको हो । त्यस्तै, प्रमुख सचेतकमा रेखा शर्मा चयन हुनुभयो ।
संसदीय बोर्डको सचिव भने अग्नि सापकोटालाई बनाउने निर्णय गरेको सभासद् रामनारायण विडारीले जानकारी दिनुभयो । बैठकमा संविधानका विवादित विषय राज्य पुनसंरचना, राज्यशक्तिको बाँडफाँड, न्याय प्रणालीलगायतमा छलफल भएको थियो । सभासद् विडारीकाअनुसार डोटीमा भएको बस दुर्घटनाबारे छानबिन गर्न माग गर्ने निर्णय पनि गरेको छ । पहिचान र संघीयतासहितको संविधानका लागि भोलिदेखि हुने आन्दोलनमा सबै सभासदहरुलाई सक्रिय सहभागी हुन पनि संसदीय दलको बैठकले निर्देश गरेको छ ।

Post a Comment