कात्र्तिक ५ –हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन कुकुर तिहार मनाइदैछ । आज घरघरमा कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाउने गरिन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । आज बिहानै नरक चर्तुदशीका अवसरमा अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बाली दक्षिण फर्काएर बगाइएको छ । यसरी बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास पनि रहेको छ ।

Post a Comment

 
Top