कात्र्तिक ५ –संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै आवासीय बैठकका लागि गोकर्ण रिसोर्टमा रहेका प्रमुख दलका शिर्ष नेताहरु आज पनि छलफलमा जुट्दैछन् । संविधानसभा राजनैतिक सम्वाद तथा सहमति समितीको संयोजनमा दुईदिने आवासीय बैठकका लागि त्यहाँ पुगेका प्रमुख दलका शिर्ष नेता र समिती सभापति बाबुराम भट्टराइबिच आज दोस्रो दिनको छलफल अहिले केहिबेरमा शुरु हुनेछ ।बैठकमा आज पनि संबिधानका मुख्य बिबादीत विषय राज्यको पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीको विषमा छलफल हुने छ ।
आजको बैठकमा मध्यमार्गी बाटो रोजेर भएपनि सहमतीकोलागि अधिक्तम पहल गरिने नेताहरुले बताएका छन् । तर, हिजोको बैठकमा दलहरुले आपसी अडान नछाडेकोले आवासीय बैठकमा पनि सहमतीको संभाबना कम देखिएको छ । संवैधानिक राजनैतिक सम्वाद समितीलाई हिजो बसेको संविधानसभाको बैठकले कार्तिक १५ गते सम्म विवादित विषयमा सहमति जुटाउन म्याद थप गरेको छ । १६ गते बस्ने संविधानसभा बैठकमा समिति सहमति भएमा सहमतिका बुँदाहरु सहति र सहमती नभए प्रश्नावली सहितको प्रतिबेदन पेस गर्नुपर्ने छ ।
Post a Comment