कात्र्तिक ५ –राष्ट्रिय गाई अनुसन्धान केन्द्रका लेखापाल श्रीराम श्रेष्ठलाई आज २ लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको छ । कृषि मन्त्रालयको नार्कअन्तरगत गाई अनुसन्धान कार्यक्रमको ललितपुरको खुमलटारस्थित कार्यालयमा घुस लिँदै गरेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत श्रेष्ठलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको अख्तियारको भनाई छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment