कात्र्तिक ५ –सिन्धुपाल्चोक मेलम्चीका व्यापारीहरुले आज बिहान गराएको बजार तथा यातायात बन्द स्थगित भएको छ । आन्दोलन स्थगित भएपछि मेलम्ची बजारहरु खुलेको छ भने यातायातका साधन पनि निर्वाधरुपमा सन्चालनमा आएका छन् ।  उनीहरुले नक्कली सामान बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई रिहाईको माग गर्दै बिहान आन्दोलन गरेका थिए । स्थानीय व्यापारीहरुले बजार तथा यातायात सेवा बन्द गराउँदा विहान जनजीबन प्रभावित भएको थियो । प्रहरीले कानुनी प्रक्रिया अघि बढाइसकेकाले आन्दोलनको केही प्रभाव नपार्ने निष्कर्षसहित ब्यापारीहरु आन्दोलन फिर्ता लिन बाध्य भएका हुन् । नक्कली डिभिडी र भिसीडी बनाएर बिक्री गरेको भन्दै प्रहरीले मेलम्चीस्थित दुलाल मोबाईल हाउसका गणेश दुलाल, चालिसे मोबाईल सेन्टरका श्याममणी चालिसे, याङ्रीमा मोबाईल हाउसका दावा तामाङ र मोहन वाच सेन्टरका मोहन गौतमलाई हिजो पक्रेको थियो ।

Post a Comment

 
Top