असोज १५ –नेकपा–माओवादीका सचिव देव गुरुङले सरकार टिकाउनका लागि प्रधानमन्त्री सुशील कोइरालाले देशलाई हित नहुने गरी भारतीय कम्पनी जिएमआरसग माथल्लो कर्णाली जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता गरेको बताउनुभएको छ । नेकपा माओबादीले आज पाल्पामा गरेको कार्यक्रममा भारतको स्वार्थ पुरा नगर्दा ज्ञानेन्द्र पनि सत्ताबाट हट्नु परेको भन्दै उहाले दबाबका बाबजुद प्रधानमन्त्री कोइरालाले गरेको पिडिए सम्झौता पनि सक्ता टिकाउन कै लागि भएको दाबी गर्नुभयो । बर्तमान सरकार भारतसँग निरिह भएको भन्दै राष्ट्रियताको रक्षाको कोइराला भन्दा लागि पुर्व राजा विरेन्द्र र ज्ञानेन्द्र शाहाले राम्रो काम गरेको बताउनुभयो । पिडिए सम्झौैताले नेपालको अधिकार भारतको कुनै प्रान्तको भन्दा पनि कमजोर बनाएको दाबी गर्दै गुरुङले नेपालको जलश्रोत कब्जा गर्ने भारतको रणनीतिमा प्रधानमन्त्री कोइराला फसेको आरोप लगाउनुभयो ।

Post a Comment

 
Top