असोज १५ –कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले प्रकृयामा गएर भएपनि माघ ८ मा संबिधान जारी गरिने बताउनु भएको छ । आज काठमाण्डौमा भएको साक्षात्कार कार्यक्रममा गृहमन्त्री गौतमले आगामी २० गतेसम्म विवादित विषयहरुमा सहमति नभए प्रक्रियामा गएर कार्य तालिकाअनुसार नै माघ ८ भित्र संविधान जारी गरिने बताउनुभएको हो । गौतमले काँग्रेस र एमालेबीच बढीमा छदेखि सात प्रदेश बनाउने सहमती भैसकेको भन्दै कुनै पनि हालतमा एकल जातीय पहिचानको आधारमा संघीयता नहुने जिकिर गर्नुभयो । काँग्रेस र एमालेबिचमा शासकीय स्वरुपमा समेत सहमती जुटिसकेको गौतमको दाबी छ ।
उहाले शासकीय स्वरुपमा संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति रहने शासन व्यवस्था हुने दाबी समेत गनुृभयो । अर्को प्रसंगमा गौतमले संविधानसभाबाहिर दलहरुबीच भएको सहमतिलाई लिएर प्रतिपक्षी दलहरुले संसद् अवरोध गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । प्रतिपक्षीलाई सहमतीमा ल्याउन शान्तिप्रक्रियालाई टुङ्ग्याउन सहयोग गर्ने गरी राजनीतिक समिति गठन गर्ने तयारी भैरहेको बताउनुभयो ।

Post a Comment

 
Top