असोज १५ –हिन्दुहरुको महान पर्व बडा दसैंको सातौं आज घर–घरमा फुलपाती भित्र्याइदै छ । उखुको बोट, बेलपत्र दारिम ,जयन्ती, धानकाबाला अशोकको पात, अदुवाको बोट र फलफुल आदीका नयाँ पालुवालाई फुलपातीका रुपमा मानि दुर्गा भवानीको प्रतीकका रुपमा राखिएको दशैं घरमा विधिपूर्वक भित्रयाउने चलन छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने नेपाल भएपनि आज अपरान्ह साढे ४ बजेको लागि उत्तम समय मानिएको छ । गणतन्त्रको स्थापनासंगै कर्मचारी खटाएर गोर्खा दरबारको दशैंघरबाट ल्याएर हनुमानढोकास्थित दसैघरमा फुलपाती भित्रयाउने चलनको अन्त भएको छ । गणतन्त्र स्थापना अघि फुलपातीलाई गोरखाबाट धादिङको जीवनपुरसम्म दसैघरका पुजारीसहित ६ जना मगर जातीका पुजारीले र त्यहाँबाट काठमण्डौंको जमलसम्म काठमाडौबाट गएका पुजारीले बोकेर ल्याउने गर्दथे । तर स्थानीय तहमा मन्दिरका पुजारीले भने विधिपूर्वक फुलपाती भित्रयाउने र अन्य परम्परालाई पनि निरन्तरता दिने गरेका छन् । फुलपातीको अवसरमा अहिले नेपाली सेनाले टुडीखेलमा बढाई समारोह गरिरहेको छ ।

Post a Comment

 
Top