असोज ११ –पाकिस्तानी राष्ट्रपति नवाज सरिफले कश्मिरमा जनमत सग्रह गराउनु पर्ने बताउनुभएको छ । राष्ट्रसंघीय महासभालाई संवोधन गर्दैै प्रधानमन्त्री सरिफले कश्मिरलाई भारत र पाकिस्तानले आफ्नो दावी गर्दै आएको भुभागको बिबाद अन्त गर्न जनमत संग्रह गर्न माग गर्नुभएको हो । सरिफले पाकिस्तानमा रहने वा भारतमा रहने भन्ने कुरा त्यहीका नागरिकलाई छान्न दिनु पर्ने र त्यसका लागि जनमत संग्रह गराउनु पर्ने बताउनुभयो । करिब ६० वर्षअघि राष्ट्रसंघले कश्मिरमा जनमत संग्रह गराउने आश्वासन दिए पनि त्यो पुरा हुन नसकेको सरिफले गुनासो गर्नुभयो । राष्ट्रसंघको सो आश्वासनलाई कश्मीरका नागरिकले अहिले पनि संझिरहेको भन्दै सरिफले आश्वासन पुरा गर्न आग्रह गर्नुभयो । भारत प्रशासित कश्मिर तर्फ संकेत गर्दै उहाले त्यहाका नागरिकले आधारभुत मानवअधिकार पनि नपाएको दावी गर्नुभयो ।सरिफले कश्मिर मुद्धाबारे पाकिस्तान र भारतका विदेश सचिवबीचको वार्ता रद्ध भएकोमा असन्तुष्टि जनाउदै वार्ता जारी राख्नु पर्नेमा जोड दिनुभयो ।  (एजेन्सि)

Post a Comment

 
Top