नवलपरासी,असोज १२ –आफ्नै साथीको अपहरणमा परेका भैरहवाका मेनपावर सञ्चालक आकाश गुरुङको फिरौती तिर्न नसकेका कारण १५ दिनपछि नवलपरासीमा विभत्स हत्या भएको छ । शनिवार दिउँसो उनको शब बर्दघाट नगरपालिका–१० स्थित सामुदायिक वनमा फेला परेको हो । अपहरणकारीले गुरुङसँग एक करोड नगद रुपैयाँ माग गरेका थिए । त्यति रकम नपाएको १५ दिनपछि उनको शब जंगलमा भेटिएको हो । नचिनिने अबस्थाको शवका बारेमा जंगलमा काम गर्न गएका स्थानीयले जानकारी गराएका थिए । उनले लगाएको पहिरनका आधारमा मृतकको पहिचान खुलेको अनुसन्धानमा खटिएका डिएसपी हेमकुमार थापाले जानकारी गराए ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

 
Top