काठमाडौं,असोज १२ – इपीएस परीक्षाको दोस्रो दिन नक्कली परीक्षार्थीको बिगबिगी देखिएको छ । इपीएस परीक्षा समितिले अर्काको नाममा परीक्षा दिन आउने ५४ जना व्यक्तीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । शुक्रबार जम्मा तीन जनामात्र नक्कली परीक्षार्थी समातिएकोमा शनिबार यो संख्या ह्वात्तै बढेको इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
लिटल एन्जल्स कलेज,बागमती मोर्डन कलेज,रेडन कलेज,भीएस निकेतन कलेजलगायतका केन्द्रबाट ५४ जना नक्कली परीक्षार्थी समातिएका हुन् । भाषा परीक्षामा प्रतिष्पर्धा बढेपछि अन्य व्यक्तिलाई दिन लगाउने प्रबृति बढेको हो । इपीएस ९रोजगार अनुमति प्रणाली० कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले शनिबार ५४ जना नक्कली परीक्षार्थी पक्राउ परेको जानकारी दिए । ‘अर्काको नाममा परीक्षा दिन आउनेलाई नियन्त्रणमा लिइएको हो,’उनले भने । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Post a Comment