असोज १२ ( गएको बर्षको १२ कक्षाको विज्ञान बाहेकका सवै संकायको परीक्षाफल प्रकाशित भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषदका अनुसार यसपटक नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ३० प्रतिशत परीक्षार्थी पास भएका छन् । नियमिततर्फ सहभागी भएका १ लाख ९१ हजार ४ सय ९६ मध्ये ७४ हजार ७ सय ६४ जना र आंशिकतर्फ परीक्षा दिएका १ लाख ३६ हजार १ सय ५५ जनामध्ये ४० हजार ८ य २९ जना पास भएका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । विज्ञान संकायको परीक्षाफल भने यसअघि नै सार्वजनिक भइसकेको छ । नियमिततर्फ ९९ जनाको परीक्षा रद्द भएको छ भने २२ जनाको स्थगित गरिएको छ । त्यस्तै आंशिकतर्फ १ सय ७ जनाको रद्द र १८ जनाको स्थगित भएको उहाँले जानकारी दिनुभयो ।

मोबाइलबाट एसएमएस गरी परीक्षाफल थाहा पाउन म्यासेज बक्समा rfm Type गरी एक स्पेश दिएर Hseb Type गरी आफ्नो सिम्बोल नम्बर लेखी ५५00 मा पठाउनुहोस ।  यस्तै परीक्षाफल उच्च माध्यामिक शिक्षा परिषदको वेवसाइट र नेपाल टेलिकमको वेवसाइटबाट पनि थाहा पाउन सकिने छ ।

Post a Comment

 
Top