असोज ११ –पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण मर्नेको संख्या ३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार इबोला सक्रमणका कारण  ६५ सय भन्दा बढी प्रभावित भएका छन् । ३ सय ७५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने २ सय ११ जना इबोला सक्रमित पाइएको छ । इबोलाबाट सबैभन्दा बढी प्रभावित लाइबेरियामा मर्नेको संख्या १८ सय ३० पुगेको छ । नोभेम्बरसम्म रोग संक्रमितको  संख्या २० हजार नाध्ने अनुमान गरिएको छ । गिनीबाट फैलिएको यस महामारी नियन्त्रणका लागि सियरा लियोनले ३ दिने कफ्र्यु समेत लगाइसकेको छ । अमेरिकाले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आफ्ना ३ हजार सैनिक लाइबेरिया पठाएको छ । मानिसबाट मानिसमा समेत सर्ने इबोलाको हालसम्म कुनै पनि उपचार पद्धति वा खोप बनिसकेको छैन  । (एजेन्सि)

Post a Comment

 
Top