काठमाण्डौ, १० असोज । वैदेशिक रोजगार व्यवसायीहरुको सहयोगमा मलेसियाको विभिन्न जेलमा वन्दी जीवन विताएर घर फिर्ति केन्द्रमा रहेका ६० जना नेपालीलाई निशुल्क हवाई टिकट उपलव्ध गराए पछि उनीहरु नेपाल फर्किएका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा पत्रकार सम्मेलन गरि २४ सेप्टेम्बरका दिन उक्त टिकटहरु नेपाली दुतावासका उपनियोग प्रमुख हेमलाल भट्टराईलाई हस्तारन्तरण गरिएको थियो ।
अति न्युन आर्थिक स्थर भएर लामो समय देखी हवाई भाडा तिर्न नसकी घर फिर्ति केन्द्रमा रहेका नेपालीहरु उक्त टिकटहरु उपलव्ध गराईएको जानकारी नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघ मलेसियाका संयोजक हरि भट्टराईले दिए । उनीहरु सबैलाई २५ सेप्टेम्बर विहीवारका दिन एयर एसिया मार्फत नेपाल फर्किसकेका छन् ।
मलक्काको डिटेन्सन क्याम्पमा रहेका ५ जना, इमिग्रेसन डिटेन्सन क्याम्प लिंकिङमा रहेका ४४ र इमिग्रेसन डिटेन्सन क्याम्प लन्कापमा रहेका ११ जनालाई विभिन्न म्यानपावर कम्पनीले हवाई टिकट उपलव्ध गराई दिएर नेपाल फर्कने अवसर प्रदान गरेका हुन् ।
उनीहरुलाई हारभेष्ट मुन ट्राभल्सका राम श्रेष्ठ, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका संयोजक हरि भट्टराई, आकर्षण इन्टेरनेशल ओभरसिजका मिलन थापा, सुवास ह्युमन रिसोर्सका सुवास गिरी, संयोग ओभरर्सिजका पुष्पराज चौलागाई, सार्क ओभरर्सिजका आदेश शाक्य, डल्फिन ओभरर्सिजका खगेन्द्र न्यौपाने र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले टिकटका लागि सहयोग गरेका थिए ।
टिकट हस्तान्तरण कार्यक्रममा नेपाली दुतावासका उपनियोग भट्टराई र वैदेशिक रोजगार व्यवसायी संघका सचिव कमल तामाङ्गले व्यवसायीहरुको सहयोगी कदमको प्रसंसा गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।
यसैगरी नेपाली राजदूतावास क्वालालम्पुर र कोप्रासी इमिग्रेसन मलेसियाको पहलमा मलेसियामा अबैधानिकरुपमा रहेका थप ३ सय ९ जना नेपाली कामदारलाई स्वदेश फर्काइएको छ । एयर एशिया, कोप्रासी इमिग्रेसन र नेपाली राजदूतावासकै पहलमा एक साता अघि पनि झण्डै साढे तीन सय भन्दा बढी अबैधानिक नेपाली कामदार नेपाल फर्किएका थिए । मलेसियामा अझै हजारौंको संख्यामा अबैधानिक नेपाली कामदार घर फिर्तिको प्रतिक्षामा रहेका छन् ।

Post a Comment