काठमाडौँ, असोज १०– मलेसियामा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि आज नेपाल क्रिकेट सङ्घ ९क्यान० ले १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आगामी कात्तिक ६ देखि १३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । उपकप्तानको जिम्मेवारी भने ज्ञानेन्द्र मल्लले पाएका छन् ।
यसैगरी, टोलीमा शरद भेष्वाकर, शक्ति गौचन, बसन्त रेग्मी, सुवास खकुरेल, नरेश बुढाऐर, सोमपाल कामी, सागर पुन, मेहबुब आलम, अरिफ शेख, विनोद भण्डारी, अमृत भट्टराई र भुवन कार्की छन् । कार्की १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् । नेपालले उक्त प्रतियोगितामा सिङ्गापुर, आयोजक मलेसिया, युगान्डा, अमेरिका र बर्मुडासँग प्रतिस्पर्धा गर्नेछ । उक्त टोलीको अधिकांश खेलाडी दक्षिण कोरियाको इचोन सहरमा जारी १७ औँ एसियाली खेलकुद प्रतियोगिता९एसियाड०अन्तर्गत क्रिकेट खेलमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

Post a Comment