असोज ११ –सरकारले बाढी प्रभावितलाई दिने रकम बढाएको छ । आज गृहमन्त्रालयमा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले चाडपर्व मनाउनका लागि प्रतिपरिवार ३ हजार रुपैयासम्म र दैनिक गुजारका लागि ५० रुपैया दिने निर्णय गरेको हो । यसअघि सरकारले चाडपर्वका लागि प्रतिपरिवार ५ सय रुपैया र दैनिक गुजाराका लागि प्रतिव्यक्ति ३५ रुपैया दिएको थियो । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले  गत बुधबार गृहमन्त्री बामदेव गौतमलाई बोलाएर बाढी पिडितलाई दिएको रकम निकै थोरै भएको भन्दै दशै, तिहार छठ जस्ता चाडपर्व मान्न कम्तिमा पनि २ हजार रुपैया र दैनिक खर्च बजार भाउ अनुसार निर्धारण गरेर दिन  निर्देशन दिएको   थियो  । गृह मन्त्रालय अन्तर्गतको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन महाशाखा प्रमुख यादब  कोईरालाले समितिले दिएको निर्देशनको रकममा केही थप गरेर चाडपर्व मनाउनका ३ हजार रुपैया दिने निर्णय गरेको जानकारी दिनुभयो ।

Post a Comment

 
Top