असोज ११ –प्रधानमन्त्री सुशील कोइरालाले नेपालका सबै राजनीतिक दलहरु मिलेर निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न लागिपरेको बताउनुभएको छ ।राष्ट्रसंघको महासभामा भागलिन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री कोइरालाले महासभालाई सम्बोधन गर्दै नेपालमा शान्ति, स्थायित्व, विकास र सुशासनको लागि सबै दललाई सँगै लिएर हिड्न प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले नेपाली जनताको लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास र निष्ठाका कारण निरङ्कुश राजसंस्थालाई हटाएर लोकतान्त्रिक गणतन्त्र सफलतापूर्वक स्थापना गर्न सम्भव भएको धारणा राख्नुभयो । नेपालको यस कार्य विश्वकै लागि नमुना बनेको बताउँदै प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति र विकास प्रयासमा छिमेकी मुलुक भारत र चीन, राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदायका मित्र र शुभेच्छुकहरुबाट प्राप्त सहयोग र ऐक्यबद्धताको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री कोइरालाले अल्पविकसित र भूपरिवेष्ठित मुलुक नेपालले संस्थागत अभाव, दक्षतामा कमी, व्यापक र जटिल विकासका चुनौतीहरुको सामना गरिरहनु परेको समेत बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment