असोज ११ –चितुवाको आक्रमणमा परी बदिर्याको गुलरिया नगरपालिका वार्ड नं. १२ स्थित टेपरी गाउका एक बालिकासहित ४ जना घाइते भएका छन् । नेपालको बदिर्या राष्ट्रिय निकुञ्ज तथा भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षको बीचमा पर्ने टेपरी गाउको खेतमा हलो जोतिरहेको र काम गरिरहेको अवस्थामा एक्कासी जंगलबाट आएको चितुवाले उनीहरुलाई पालैपालो आक्रमण गरेको थियो । घाइते हुनेहरुमा टेपरी निवासी कृष्णबहादुर गुरुङ, सूर्यलाल थारु, १२ वर्षिया  बालिका विमला पाण्डे मगर र सुधीराम थारु रहेको जिल्ला प्रहरी कार्यालय बदिर्याले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल बदिर्यामा उपचार भइरहेको छ ।

Post a Comment

 
Top