गोरखा, असोज १० –बिजयदशमी, शुभदिपाबली तथा छट पर्वको अबसरमा ए. नेकपा माओबादी जिल्ला समानन्तर कमिटिले आज चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना कार्यक्रममा जिल्ला अध्यक्ष यान प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय सदस्य कृष्ण शर्मा, तमु मुक्तिमोर्चाको केन्द्रिय सल्लाहकार बिनोद गुरुङ रहनु भएको थियो ।
शुभकामान आदान प्रदान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कृष्ण शर्माले हामो पार्टि ए.नेकपा माओबादी अहिले रुपान्तरण हुन लागेकोमा नआत्तिहाल्न जनतालाई अनुरोध समेत गर्नु भएको थियो । देशमा धेरै परिबर्तन भए तर पनि जनताले के पाए भन्दै अब त्यो पुरा गर्ने जिम्मा माओबादीले लिनु पर्ने बताए । देशमा आमुल परिबर्तन हाम्रै कारणले हुने, राज्य ब्यबस्था हाम्रै कारणले परिर्वतन  हुने, समाज हाम्रै कारणले परिबर्तन हुने तर हाम्रो पार्टी किन परिर्बतन नहुने भन्दै प्रश्न गर्नु भएको थियो । समाज तथा देश परिवर्तनको सम्वाहक भनेको नेकपा माओबादी मात्र भएकोले माओबादीको नया नेतृत्व तथा परबर्तन हुनु पर्ने बताए । कार्यक्रममा बोल्दै शर्माले कुनै पनि नया चिज पुरानै कोखबाट जन्मिने बताउनु भएको थियो । त्यो अब एकिकृत नेकपा. माओबादीले मात्र देशका भोका नाङ्गा तथा गरिबहरुको हितमा काम गर्न सक्ने बताए ।
कार्यक्रममा तमु मुक्तिमोचाका केन्द्रिय सल्लाहकार बिनोद गुरुङले अब बन्ने नया संबिधानले दलित जनजाति महिलाको पक्षमा बन्छ कि बन्दैन भन्ने प्रश्न गर्नु भएको थियो । दलित तथा जनजातिको पक्षमा नबन्ने सबिंधानको कुनै अर्थ नभएकोले हामीले संघष गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष भिमलाल श्रोष्ठले ए.नेकपा माओबादी २ वटा भएकोले त्यसको छिटो छिनोफानो भए देखि हामी पत्रकारलाई पनि सहज हुने बताए । ए. नेकपा माओबादी केन्द्रमा २ वटा छ तर जिल्लामा २ कमिटी हुनुले हामीलाई पनि समानन्तर कमिटि भनी रहनु परेकोले गाह्रो भएको बताए ।  लेलिनबादी कार्यशैलीमा केन्द्रमा एउटा कमिटि हुने र जिल्लामा एउटा कार्यलय हुने भएको हो तर यो कस्तो प्रयोग हो भनी प्रश्न गर्नु भएको थियो ।  कार्यशैलीमा कार्यक्रममा समानान्तर जिल्ला कमिटी सदस्य तथा क्षेत्र नः २ का इन्चाज कुमार तिवारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा ब्याबसायीिहरुको तर्फबाट रामहरी के.सि., समानान्तर जिल्ला कमिटी सल्लाहकार कृष्ण लामिछाने, महिला बिकासका प्रतिनिधि तथा जिल्ला आयुवेद कम्पिनीका प्रतिनिधीहरुको सहभागितामा भएको कार्यक्रममा समानान्तर जिल्ला कमिटी सचिब रमेस पोखरेल ले सन्चालखन गर्नु भएको थियो । रेडियो मातृभूमि÷ धन बहादुर तामाङ

Post a Comment

 
Top