काठमाण्डौ, भाद्र २९ –हृदयघातसँगै मस्तिष्कघातको सामना गरिरहनुभएका एकीकृत माओबादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।
उहाको अहिले थापाथलिस्थित नर्भिक अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाको मस्तिष्कमा स्वाइलिङ बढेका कारण अवस्था थप जटिल बनेको छ ।शुक्रबार सम्म शरिरको दाया भाग मात्र प्यारालाइज भएकोमा हिजो बाया भाग समेत प्यारालाईज भएको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टर यादबदेब भट्टले जानकारी दिनुभयो । उपचारमा संलग्न अर्का चिकित्सक बसन्त पन्तले बोगटिको मस्तिष्कको धेरै भाग ड्यामेज भएकोले अवस्था निकै गंभिर भएको जानकारी दिनुभयो ।
उहालाई हिजो इयर एम्बुलेनस मार्फत भारतको मेदान्तअस्पताल लैजाने तयारी गरिएपनि अवस्था जटिल बनेपछि चिकित्सकहरुले नेपालमा नै राखेर उपचार गर्न सुझाब दिएका थए । उहाको स्वास्थ्य अवस्थाबारे एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिब कृष्णबहादुर महरा लगातले चिकित्सकसँग जानकारी लिनुभएको थियो ।
बिहिबार राती हृदयघात भएपछि उहालाई बासबारी स्थित गंगालाल अस्पताल लगिएकोमा शुक्रबार नर्भिक रिफर गरिएको थियो । अस्पतालका अनुसार बोगटी लामो समयदेखि उच्च रक्त चापको बिरामी हुनुहुन्थ्यो ।

Post a Comment