झापा, भाद्र २९ –चट्याङले लागेर झापामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । झापाको जुरोपानी ८ मा गएराति परेको चट्याङले लागेर ७३ वर्षका धने सोरेन र उहाका ११ वर्षका नाती अनिल मुर्मुको मृत्यु भएको हो । चट्याङले लागेर गम्भीर घाइते भएका दुबैको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । चट्याङले लागेर घाइते भएकी १५ वर्षकी बविता अस्दाको भने दमकको लाईफलाईन अस्पतालमा उपचार भइरहेको छ । घरमा सबै सुतिरहेको बेला राति १२ बजे चट्याङले लागेको अस्थाइ प्रहरी चौकी जुरोपानीले जनाएको छ ।
Home
»
»Unlabelled
» चट्याङले लागेर झापामा एकै परिवारका दुई जनाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Post a Comment