काठमाण्डौ, भाद्र २९ –‘बालबालिकाका कुरा सुनौ, बाल दुरब्यवहार अन्त्य गरौ’ भन्ने नारासहित आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सरकारी निकाय र बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरुले बाल अधिकारका विषयमा प्रभातफरी र विभिन्न जनचेतनामुलक कार्यक्रम गरेका छन् । सरकारले यस वर्र्ष ‘बालबालिकामाथि हुने शारीरिक मानसिक दण्ड सजायविरुद्ध राष्ट्रिय अभियान’ सन्चालन गर्ने निर्णय गर्दै आजै औपचारिक रुपमा अभियान शुरु भएको घोषणा गर्दै छ ।
राष्ट्रिय बालदिवस २०६३ सालबाट भदौ २९ गते मनाउन सुरु गरिएको हो । यसअघि भदौं ४ गतेका दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने गरिन्थ्योे ।
संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिनलाई बालदिवसको रुपमा मनाउने घोषणा गरे अनुसार दिवस मनाउन थालिएको हो ।

Post a Comment