मनाङ, भाद्र २९ –मोटर बाटो तथा हवाई सेवा समेत बन्द हुदा मनाङका किसानले उत्पादन गरेको स्याउ अलपत्र परेको छ । स्याउ टिप्ने मौसम शुरु भैसकेपनि यातायातका साधान नचल्दा उत्पादित त्याउ अलपत्र परेको हो । बेशिसहर–चामे सडक खण्डमा पहिरोका कारण यातायातका साधनहरु चलेका छैनन भने हवाई सेवा समेत बन्द छ । बर्षाका कारण यातायातका साधनहरु चल्न नसक्नु तथा हवाई सेवा समेत बन्द भएकोले किसानले ढुवानीको समस्या भोग्नु परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अघिल्लो बर्ष ७ सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको मनाङमा यसबर्ष १ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको कृषि कार्यालयले जनाएको छ । जिल्लाका १३ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ ।

Post a Comment

 
Top