१७ औं यसियाडमा नेपालको फुटवल टोलीले अहिले इराक बिरुद्ध प्रतिष्प्रर्धा गरिरहेको छ । पहिलो हाफमा १–० ले पछाडि १६ वर्षपछि यसियाडको फुटवलमा सहभागिता जनाएको नेपाल पहिलो हाफको खेल चलिरहदा इराकसँग २–० ले पछाडि परेको छ । इराक खेलको चौथो मिनेटमा नै नेपाल बिरुद्ध अग्रता कायमगर्न सफल भएको थियो । यस्तै पहिलो हाफको अतिरिक्त समयमा इराकले अर्को गोल गर्दै २–०ले पछाडि पारेको छ । दक्षिण कोरियाको इन्चोन रंगशालमा जारी खेलमा नेपाली टोलीका २३ वर्ष माथिका सागर थापा, सन्दीप राई र बिक्रम थापा पनि खेलिरहेका छन् ।
नेपालले विगतका प्रतिष्प्रर्धामा पनि राम्रो प्रर्दशन गर्न नसकेकोले यसपटको खेलबाट पनि अनुभब बटुल्नु र ठुलो अन्तरको हारबाट जोगिनुबाहेका अन्य अपेक्षा गरिएको छैन । सन १९८२ मा नयादिल्ली सस्करणबाट नेपाली फुटवल टिमले यसियाडमा सहभागिता जनाउन शुरु गरेको थियो । त्यो नै नेपालको पहिलो औपचारीक अन्तराष्ट्रिय प्रतिष्प्रर्धा थियो । सो खेलमा वाई बि घलेले गोल गरे पनि त्यस यता खेलेका ११ वटा खेलमा नेपालले गोल गर्र्न सकेको छैन भने आफ्ना १२ वटै खेलमा नेपाल पराजित भएको छ ।
यसैबीच १७ औं एसियाली खेलकुदअन्तर्गत लनटेनिसमा सहभागी हुन नेपाली टोली आज इन्चोन प्रस्थान गर्दै छ । लनटेनिसमा समान ६–६ पुरुष र महिला खेलाडीले सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

Post a Comment