काठमाण्डौ, भाद्र २९ –प्रधानमन्त्री दैविप्रकोप उद्वार कोषमा विभिन्न संस्थाबाट आज एकै दिन १ करोड ७३ लाख भन्दा बढि रकम संकलन भएको छ । विभिन्न संघ सस्थाका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालालाई आज सो रकम हस्तान्तरण गरिएको हो । बालुवाटारमा भएको कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट महानिर्देशक रतीशचन्द्रलाल सुमनले १ करोड रुपैया प्रदान गर्नुभएको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैकले २५ लाख, कोरिया बस्ने नेपालीहरुको तर्फबाट १३ लाख २५ हजार रुपैया जम्मा भएको छ । यस्तै माछापुच्छ्रे बैक लिमिटेडले १० लाख, विमा समितिले ७ लाख ६७ हजार र प्रभु ग्रुपले ३ लाख ३३ हजार रुपैया सहयोग गरेको छ ।
यसैगरि रेमिटर्स एसोसियसन अफ नेपालले १ लाख २ हजार र कृष्ण प्रणामी सेवा समिति नेपालले ३ लाख , पश्चिम नेपाल बस ब्यवसायी संघ बुटबलले २ लाख २२ हजार रुपैया सहयोग गरेको छ । त्यस्तै बेलायत बस्ने नेपालीहरुबाट १ लाख ५० हजार, तमु धिं कास्की बगर तमु समाज पोखराले १ लाख ५ हजार, केमिकल एण्ड मेडिकल सप्लाएर नेपालले १ लाख ५१ हजार, कोरोना इन्टरनेशनल स्कूलले ५० हजार र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले ४१ हजार प्रदान गरेका छन् ।

Post a Comment