काठमाण्डौ, भाद्र २९ –संबिधानसभा अन्र्तगतको सम्बैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिले बुझाएको प्रतिबेदनमा छलफल गर्न संबिधानसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेपछि संबिधान सभा भवन नयाबानेश्वरमा बस्ने छ । समितिका सभापति बाबुराम भट्टराईले संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमतिसहितको प्रतिवेदन, २०७१ बिहिबार संबिधानसभामा पेश गर्नु भएको थियो । प्रतिबेदनमाथि शुक्रबारबाट बाट छलफल शुरु भएको छ ।
गत संविधानसभाका विषयगत समितिका प्रतिवेदनमाथिको सहमति, असहमति र नयाँ विषयमा छलफल गर्ने जिम्मेवारी पाएको समितिलाई तोकिएको कार्यतालिका भदौ २१ बाट सकिएकोले थप समय दिएर सहमतीमा बिबाद टुंगो लगाउने अथवा निर्वाचनमा जाने भन्ने विषयमा सभासदहरुले आज पनि धारणा राख्ने क्रम जारी रहने संबिधानसभा सचिवालयले जनाएको छ । सभापति भट्टराईले संविधानसभामा पेश गर्नु भएको प्रतिवेदनमा सहमति हुन नसकेका ३० र अन्य १३ विषय टुंगो लाग्न बाँकी छ ।
Post a Comment