काठमाण्डौ, भाद्र २९ –सरकारले विपक्षीको माग पुरा गर्न गंभिरता नदेखाउदा व्यबस्थापीका संसदमा विनियोजन बिद्येक माथिको छलफल आजपनि प्रभाबित हुने भएको छ । आज पनि संसद बैठक बोलाईए पनि विपक्षी दलले माग पुरा नभएसम्म संसदको अबरोध नखुल्ने दोहोर्याएकोले आजको बैठक पनि प्रभाबित हुने भएको छ । बैठक दिउसो ३ बजे पछिको लागि बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल एकीकृत माओबादीसहितका अन्य दलहरुले सक्तारुढ काग्रेस एमालेसँग भएको चारबुदे सहमती कार्यान्वयनको माग गर्दै संसदका यसअघिका ६ वटा बैठक अबरुद्ध गरिसकेका छन् ।
सभामुख सुवास नेम्वाङले संसद खुलाउन गंभिर बन्न सरकारलाई पटक–पटक आग्रह गर्दा समेत सरकारले यसतर्फ सक्रियता देखाएको छैन । संबिधान निमार्णका बिबाद मिलाउन उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र त्यसको नेतृत्व माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने काग्रेस–एमालेसँग भएको सहमती कार्यान्वयन हुनुपर्ने विपक्षीको माग छ ।
सरकारको उदासिनताको कारण भदौ ५ गते सम्मको लागि बिनियोजन बिद्येक माथि छलफल गर्ने कार्यसुची भएपनि भदौ सकिन लाग्दा समेत त्यस माथिको छलफल प्रभाबित अवस्थामा नै छ ।

Post a Comment