गोरखा, भाद्र २८ –नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, गोरखा जिल्ला समितिको बैठक आज गोरखा बजारमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला अध्यक्ष डिल बहादुर सेञ्चुरीको अध्यक्षता र केन्द्रीय सदस्य हितमान सुर्खेतीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लाका केही मन्दिरहरुमा दलित समुदायलाई मन्दिर प्रवेश गर्न र पुजा गर्न रोक लगाएको प्रति खेद व्यक्त गरेको छ । त्यसैगरी मोर्चाको सदस्यता वितरण व्यापक गर्ने, संगठन निर्माण तथा पुनर्गठन गर्ने, दलित बस्तिहरुमा अभियान संञ्चालन गर्ने, विस्थापित दलित शिक्षकहरुको डाटा संकलन गरेर पुनस्र्थापनाका लागि पहल गर्ने, नयाँ सविंधानमा दलितहरुको हक अधिकार सुनिश्चितताको लागि संघर्ष जस्ता निर्णयहरु गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment