एन्फा कप फुटबलको उपाधिकोलागि आज झापा ११ र नेपाल आर्मी भिड्दै छन् । अखिल नेपाल फुटबल संघले आयोजना गरेको नकआउट पद्धतिको एन्फा कपको उपाधिका लागि आज नेपाली सेनाको विभागीय टोली र जिल्ला स्तरीय लिग विजेता झापा आमुने सामने हुन लागेका हुन् । आर्मीले सेमिफाईनलमा संकटालाई हराउँदै फाईनल यात्रा तय गरेको थियो । यस्तै झापाले एपिएफलाई स्तब्ध बनाएर उपाधी भिडन्त पक्का गरेको हो । फाईनल खेल दिउँसो १ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । कारवाहीका कारण एन्फा कप नखेलेको मछिन्द्र क्लबका अधिकांश खेलाडि अवाद्ध गरेको झापाले आर्मीलाई कडा टक्कर दिने अनुमान लगाईएको छ ।
पछिल्लो समयमा निकै लयमा देखिएको आर्मी पनि झापाको चुनौति पन्छाएर उपाधि उचाल्ने रणनीतिमा मैदानमा उत्रिनेछ । प्रतियोगिताको विजेताले १० लाख नगद हात पार्नेछ ।  साभार रेडियो मैत्री

Post a Comment

 
Top