भाद्र, काठमाण्डौ २५ –राजधानीबाट दशैका लागि बाहिरिने यात्रुका लागि आजदेखि टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी र सरकारले राजधानिका विभिन्न स्थानमा रहेको बुकिङ काउण्टरमार्फत टिकट लिन सकिने जनाएका छन् । नयाँ बसपार्क, परानोबसपार्क, कलंकी तथा गौशाला क्षेत्रबाट टिकट बुकिङ गर्न सकिने छ । गण्डकी अञ्चलबाहेक लामोदुरीका सबै सार्वजनिक यातायातको अग्रिम टिक बुकिङ सुरु भएको हो । अन्य स्थन भन्दा नजिक भएकाले गण्डकीका लागि भने असोज ५ बगतेबाट बुकिङ खुला हनेछ । दशैमा काठमाडौंबाट १६ लाख यात्रु बाहिरिने अनुमान सरकारको छ । यस्तै दशैमा हुने यात्रुको चापलाई ध्यानमा राख्दै केही बिमान कम्पनीले उडान संख्या थप्ने तयारी गरेका छन् । साभार रेडियो मैत्री

Post a Comment

 
Top