नेपाली कांग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको हृदयघातका कारण आज बिहान निधन भएको छ । बिहान २ बजे भनपा–४ स्थित आफ्नै घरमा रहेका वेला हृदयघात भएपछि उपचारका लागि भरतपुर मेडिकल कलेज लगिएकोमासाढे २ बजे चिकित्सकले श्रेष्ठलाई मृतघोषित गरेको कांग्रेस चितवनका अर्का सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
स्वर्गिय श्रेष्ठको शव अहिले श्रद्धान्जलीका लागि पार्टी कार्यालयमकमलनगरमा राखिएको छ । ४३ बर्षिय स्वर्गिय श्रेष्ठका १ छोरा र १ छोरी रहेका छन् । बिरेन्द्र क्याम्पस भरतपुरका स्ववियु सभापति, नेपाल विधार्थी संघका केन्द्रिय सदस्य, कांग्रेस जिल्ला समिति सदस्य हुदै जिल्ला समितिको सचिव सम्मको जिम्मेवारी स्वर्गिय श्रेष्ठले पुरा गर्नुभएको थियो ।  श्रद्धान्जली पछि आजै देबघाटमा उहाको अन्तेष्टी गरिने नेपाली काग्रेस चितवनले जनाएको छ । साभार रेडियो मैत्री

Post a Comment

 
Top