असोज १२ –संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आफूले लामो प्रयास गर्दा पनि दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसकेको बताउनुभएको छ ।
सम्वाद समितिको आजको बैठकमा भट्टराईले चमत्कार भएमात्र विवादित विषयमा दलहरुबीच समयसीमा भित्र सहमति हुन सक्ने बताउनुभयो । उहाँले दलहरुमा स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता नै नभएको धारणा राख्नुभयो । संविधानसभाले सम्वाद समितिलाई सहमतिका लागि दिएको समयसीमा मंगलबार सकिँदैछ । बैठकमा भट्टराईले सहमतिका लागि जिम्मेवार नेताहरु नै गम्भीर नभएको आरोप लगाउनुभयो । कुनै दलमा एकता नरहेको भन्दै उहाँले यही तरिकाले माघ ८ मा संविधान बन्न नसक्ने बताउनुभयो । ‘सास छउन्जेल आस हुन्छन् भन्दै भट्टराईले भोलिसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पहिचान र संघीयता पक्षधर १८ दलको संयुक्त बैठकले राज्य पुनसंरचना र शासकीयस्वरुपमा सकेसम्म भोलि निचोड निकाल्ने सहमति गरेका छन् । एकीकृत माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा र साना दलहरुको साझ मुद्दाका लागि साझ मञ्चमा आबद्ध १८ दलले भोलिसम्म टुंगोमा पुग्ने सहमति गरेका हुन् । आज सिंहदरबारमा बसेको दुई मोर्चाको बैठकपछि गणतान्त्रिक मोर्चाका प्रवक्ता एवं सभासद् लक्ष्मणलाल कर्णले भोलिसम्ममा निष्कर्ष निस्केन भने समितिले विकल्प खोज्नेबारेमा छलफल भएको जानकारी दिनुभयो ।

Post a Comment