असोज १२ –जेठयता आएको बाढीपहिरोबाट २ सय ६५ जनाको मृत्यु भएको छ । आज संसदको अर्थ समितिमा गृहमन्त्री बामदेब गौतमले ४८ जिल्लामा गएको बाढी परिहोले २ सय ६५ को मृत्यु भएको जानकारी दिनुभयो ।
यस्तै २ सय ५६ बेपत्ता , १ सय ६७ घाइते, ९ हजार ७ सय ६८ घर पुर्ण रुपमा क्षति भएको विवरण पेश गरिएको छ । बाढी पहिरो प्रभावित २ लाख ६ हजार ७ सय १ जना प्रभावित भएका छन् ।
प्रधानमन्त्री प्रकोप कोषमा हालसम्म ३६ करोड ८५ लाख जम्मा भएको र स्थानिय तहमा ३ करोड ६७ लाख जम्मा भएको पनि गृहमन्त्री गौतमले जानकारी दिनुभएको छ । त्यस मध्ये सिन्धुपाल्चोकमा १ करोड ९३ लाख, बांकेमा ४४ लाख, बदिर्यामा ४२ लाख, सुर्खेतमा ३६ लाख दाङमा ५० लाख खर्च भएको विवरण पनि उहाँले प्रस्तुत गर्नुभयो ।
बाढी पहिरो प्रभावित जिल्लाका लागि सरकारले २६ करोड निकास गर्न लागेको जानकारी समेत दिएको छ ।

Post a Comment