असोज १२ –प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनका लागि देशमा राम्रो वातावरण बन्दै गएको भन्दै संविधान जारी हुनेमा अब आशङ्का नगर्न आग्रह गर्नुभएको छ । अमेरिकाको न्युयोर्कमा बस्दै आएका नेपाली समुदायसँगको अन्तक्र्रियामा उहाँले सबैको हकअधिकारको सुनिश्चित भएको संविधान तोकिएकै समयमा जारी हुनेमा विश्वास दिलाउनुभएको हो । उहाँले शान्ति र स्थायित्व भएमा मात्र मुलुकले विकासको लक्ष्य हासिल गर्नसक्ने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग न्यूयोर्कमा भेट गर्नुभएको छ । महासचिव मुनले नेपालले शान्ति मसिनमा पु¥याएको सहयोगको प्रशंशा गर्दै शान्ति प्रक्रियालाई समयमै टुङ्गो लगाउन शुभकामना दिनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment