असोज १२ –मोरङको टङ्कीसिनवारीस्थित चप्पल उत्पादन गर्ने सुरभी पोलिमर्स उद्योगमा आगलागी हुँदा करोडौँ मूल्यबराबरको धनमाल क्षति भएको छ । सो उद्योगको उत्पादन कक्षमा आज बिहान लागेको आगोले मेसिनसहित उत्पादन भएका चप्पल र त्यसका कच्चा पदार्थसमेत जलेर नष्ट भएका छन् ।
आगो विराटनगर र इटहरीबाट आएको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको टोलीले डेढ घण्टाको प्रयासपछि निभाइएको थियो । विद्युत् चुहेर आगलागी भएको हुनसक्ने सुरभी पोलिमर्सका सञ्चालक विकास चौधरीले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन बाँकी छ । उद्योग सञ्चालकले भने करोडौँ मूल्यबराबरको क्षति भएको दाबी गरेको छ ।

Post a Comment