असोज १२ –सरकारले पटक–पटक प्रतिबद्धता जनाएपनि हिन्दूहरुको पर्व दसैँमा आएर जनकपुरमा खाना पकाउने ग्यासको चर्को अभाव भएको छ । सर्वसाधारणलाई खाना पकाउने ग्यास सजिलै उपलब्ध हुन नसके पनि कालोबजारीमा सजिलै ग्यास उपलब्ध भइरहेको बुझिएको छ । विभिन्न ग्यास कम्पनीका बिक्रेता र सहायक विक्रेता समेत ग्यासको कालोबजारी भइरहेको छ । प्रतिसिलिण्डर करिब एक हजार ५ सय पर्ने ग्यास कालोबजारीमा दुई हजारसम्म बिक्री वितरण हुने गरेको पाइएको छ । जनकपुरमा करिब एक दर्जनभन्दा बढी ग्यास कम्पनीहरुका खाना पकाउने ग्यास बिक्री वितरण हुने गरेको भए तापनि ग्यासको अभाव करिब दुई महिनादेखि कायमै छ ।

Post a Comment

 
Top