असोज १२ –सरकारले बिगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै प्रतिपक्षि दलले आज पनि संसद बैठक अबरुद्ध पारेका छन् । आज सद्भावनाका सभासद अकबल मोहमद शाहाले सरकाले ४ बुदे सहमति कार्यान्वयनमा तत्परता नदेखाउँदासम्म संसद चलन नदिने अडान राख्नुभयो ।
शाहले संसद बैठकमा बोलिरहदा अर्थमन्त्री रामशरण महतले प्रतिपक्षि दलको भनाईप्रति नियमापत्ति जनाउनुभएको छ । मन्त्री महतले ४ बुदे सहमति कार्यान्वयन गराउन दबाब दिने ठाँउ संसद नभएको र त्यही कारणले संसद अबरुद्ध गर्न पनि नहुने भन्दै नियमापत्ति जनाउनुभयो । उहाँले सहमति कार्यान्वयन गराउने बिषयमा छलफल गर्न र बजेटमाथीको छलफल सक्न पनि संसद नखोलि नहुने बताउनुभयो । बैठकपछि गृहमन्त्री बामदेब गौतमले उच्च स्तरिय राजनितिक समिति निमार्ण गर्न सकिएपनि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई संयोजक दिन नसकिने बताउनुभएको छ । ४ बुदे सहमतिमा उच्च स्तरिय समिति बनाउने उल्लेख भएपनि प्रचण्डलाई अध्यक्ष बनाउने सहमति नभएको दाबी गौतमले गर्नुभयो । प्रचण्डलाई संयोजक बनाउन पनि नसकिने उहाँको धारणा थियो ।

Post a Comment