गोरखा, भाद्र २७ –गोरखामा आर्थिक बर्ष २०७०÷०७१ मा पाच बर्ष भन्दा मुनिका ४८ जना बालबालिकामा कुपोषण भएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार तौल लिएका ५ बर्ष मुनिका १३ हजार १ सय ८३ जना बालबालिका मध्ये ४८ जनामा उमेर अनुसार तौल बृद्धि नभएकोले कुपोषण भएको हो । त्यस्तै १ बर्ष मुनिका ६ हजार ३ सय १० जना बालबालिका मध्ये २१ जनामा कुपोषण भएको छ ।
कुपोषित बालबालिकाको एकिन तथ्याङ्क संकलन गर्न कठिनाई भएको भन्दै चालु आर्थिक बर्ष २०७१÷७२ मा भने २ बर्ष भन्दा मुनिका उमेर सुमहका बालबालिकाहरुको मात्र तौल लिने जनस्वास्थ्य प्रमुख विश्वराम श्रेष्ठले बताउनुभएको छ । बालबालिकाको कुल संख्यामा मध्ये जम्मा ० दशमलब ४,८ प्रतिशत बालबालबालि कुपोषित भएकाले गोरखामा पोषणको स्थिति राम्रो भएको उहाँको भनाई छ ।
लामो समय देखी जिल्लाको एचआईभि संक्रमित तथा प्रभावितहरुको क्षेत्रमा क्रियाशिल स्वाँरा सघन गाउँ विकास केन्द्रले जिल्लामा ५ सय बालबालिकामा एच आई संक्रमित हुन सक्ने अनुमान गरेको छ । जसमध्ये १ सय ६१ जनामा एचआईभी भएको पुष्टि भएको र १ सय २२ जना उपचारमा संलग्न रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै आर्थिक बर्ष २०७०÷०७१ मा ४ जना बालिका माथी जवरजस्ती करणी भएको र १ जना बालिका माथी जवरजस्ती करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चालु आर्थिक बर्षमा ४ जना बालिका माथी जवरजस्ती करणी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै आर्थिक बर्ष २०७१÷७२ मा १ बालक र ३ बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षमा एक बालकले आत्महत्या गरेका छन् ।
जिल्लामा आर्थिक बर्ष २०७०÷०७१ मा सरकारी अनुदान बाट ३ सय ७५ वटा इ.सी.डि कक्षा सञ्चालन भएका छन् । उक्त विद्यालयहरुमा ८ हजार ९ सय ११ जना बालबालिकाले अध्ययन गरेका छन् । जसमध्ये बालिकाको संख्या ४ हजार ३ सय २३ र बालकको संख्या ४ हजार ५ सय ८८ रहेको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ ।

Post a Comment